arrow

टिकापुरमा ३८ वर्षपछि विमान उडान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
tikapur-airport-kailali.jpg

कैलाली । कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ। टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्कनजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ।

टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको ९एन एबीयू नम्बर र तारा एयरको ९एन/ एईभी नम्बरको विमान परीक्षण उडान गरिएको हो।

संस्कृति प्रयटन तथा नागरिक उडड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहारलगत्तै नियमित विमान सञ्चालन गरिने बताए।

उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ।

तत्कालीन गृहमन्त्री स्व. खड्गबहादुर सिंहले वि सं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याएका थिए।

तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ पछिको द्वन्द्वकाल शुरू भएसँगै नियमित विमान सेवा रोकिएको थियो।

झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमानस्थलमा नियमित उडानका लागि नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ।

परीक्षणका लागि टीकापुर विमानस्थलमा नेपाल ऐरलायेन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, उज्जवल सिलवाल सहित म्यानेजर ज्ञानेन्द्र भूल इन्जिनियर सम्राट प्रधान, सुरेन्द्रप्रसाद यादव, युवराज रिजाल, एयरहोस्टेज डिम्पल भट्टराई एटिसी राजु महतोसहित १२ जनाको टोली आएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ