arrow

विश्वकप लिग–२

खराब लयबाट गुज्रिएको नेपालले आज स्कटल्याण्डसँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
nepal-cricket-team-america.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दै छ । एक दिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ । 

यस श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । 

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एक दिवसीय खेल भएका छन् । जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन् । दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो ।   

रोहित पौडेलको कप्तानीमा नेपाली टिम अमेरिकामा रहेको हो । लिग–२ मा भने नेपाल खराब लयबाट गुज्रिएको छ । नेपालले ९ खेल खेलिसकेको छ । मात्र ३ अंक बटुलेको छ । 

यसअघि नेपाल क्यानाडा गएर त्रिकोणात्मक श्रृंखला खेलेको थियो । जहाँ वर्षाले गर्दा खेल रद्द हुँदा १ अंक बटुलेको थियो भने तीन खेल हारेको थियो । 

अंक तालिका
आठ टिमले विश्वकप लिग २ खेलेकामा १२ खेलबाट क्यानाडा १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । १० खेलबाट १४ अंकको अमेरिका दोस्रो तथा ८ खेलबाट १२ अंकसहित नेदरल्याण्ड्स तेस्रो स्थानमा रहेको छ । 

चौथो स्थानको स्कटल्याण्डको ८ खेलबाट ११ अंक रहेको छ । १० खेलबाट १० अंकको नामिबिया पाँचौँस्थानमा छ । 

८ खेलबाट ६ अंकको ओमान छैटौं स्थानमा रहँदा ९ खेलबाट ३ अंकको नेपाल सातौँ स्थानमा छ । ७ खेलबाट २ अंकको यूएई पुछारमा छ । 



नयाँ