- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । लक्ष्मीपूजाको अघिल्लो दिन बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ ।
आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो ।
आज गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सबैभन्दा बढी ४.९० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा सीईबीडी हाइड्रोको ३४ करोड १७ लाख ९७ हजार बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकासको सबै भन्दा बढी ६ लाख ९७ हजार ९१६ कित्ता शेयर कारोबार भएको छ ।