arrow

वरिष्ठ वैज्ञानिक डा झाले हासिल गरे एडी साइन्टिफिक इन्डेक्स २०२५ को उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १५ बिहिबार
scientist-dr-jha-ku.jpg

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका वरिष्ठ वैज्ञानिक डा सुदन झाले विज्ञान र प्रविधिमा पुर्‍याएको महत्त्वपूर्ण योगदानका लागि ‘एडी साइन्टिफिक इन्डेक्स २०२५’,  मा उच्च स्थान हासिल गरेका छन् । 

नेपालको अनुसन्धान र विकासको कमीको पृष्ठभूमिमा डा  झाको यो सफलता विशेष अर्थ राख्छ। उनी अनुसन्धानी कार्यमा निरन्तर लागि परेका छन् र नेपालमा वास्तविक अनुसन्धान र विकासको जग बसाल्ने प्रयासमा छन् ।

डा झा काठमाडौँ विश्वविद्यालयमा पाँचौँ स्थानमा रहेका छन् र नेपालभरका १ हजार ६९७ वैज्ञानिकहरूमध्ये तेस्रो स्थानमा छन्। एच–इन्डेक्स, आई १० (इन्डेक्स, र साइटेशन जस्ता सूचकांकहरूमा उच्च स्थान प्राप्त गर्नु, उनको अनुसन्धानको प्रभाव र गहिराईको प्रमाण हो। एसियाका ६ लाख ८६ हजार वैज्ञानिकहरूको सूचीमा उनी ३४ हजार ५७१ औँ स्थानमा पर्छन् भने विश्वभरका २४ लाख वैज्ञानिकहरूमध्ये १ लाख ७३ हजार ९९०औँ स्थानमा छन् ।

इन्जिनियरिङ र टेक्नोलोजी क्षेत्रमा नेपालमा उनी पहिलो स्थानमा र कम्प्युटर विज्ञानमा दोस्रो स्थानमा छन् । डा झाको विद्यार्थीहरूलाई सहयोग गर्ने उत्साह, ज्ञानको आदान–प्रदानप्रति उनको प्रतिबद्धता, र अनुसन्धानप्रतिको अटल समर्पण प्रशंसनीय छ । 

उनीजस्ता वैज्ञानिकको प्रेरणादायी प्रयासले नेपालको अनुसन्धान क्षेत्रमा नयाँ सम्भावनाहरू निम्त्याइरहेको छ। यस्तो उल्लेखनीय सफलता देख्दा, आफूलाई ‘एआई विशेषज्ञ’ भनेर प्रचार गर्ने तर अनुसन्धानमा खासै योगदान नगर्नेहरूलाई अब आत्ममूल्यांकन गर्न बाध्य गराउँछ । 

डा झाजस्ता वैज्ञानिकहरूको प्रयास र उपलब्धिले मात्र नेपालमा वास्तविक वैज्ञानिक पहिचान र प्रतिष्ठा स्थापित गर्न सक्छ ।
 



नयाँ