- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
मिति २०८१ कार्तिक १६ गते शुक्रबार, इस्वीसंवत नभेम्बर १ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिककृष्णपक्षको अमावश्या (औँशी) तिथि साँझमा ५ः१५ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा स्वाति रातिमा ३ः३४ बजेसम्म त्यसपछि विशाखा लाग्नेछ । विष्कुम्भादि योगमा प्रीति १४ घटि ११ पलासम्म त्यसपछि आयुष्मान योग रहनेछ । करणमा किंष्तुध्न रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।
सूर्य तुला राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान २७ घटि ३६ पला अर्थात ११ घण्टा ०५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१५ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ५ः५४ बजे र अस्ताउने समय दिनमा ५ः०३ बजे रहेको छ ।
आजको राशिफल
मेष : आज समय शुभ रहनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्य लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तसमेत खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
वृष : आज स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा काम बन्नेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णय तपाइकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
मिथुन : आज पनि समय खराब रहनेछ । माया प्रेममा सामान्य खटपटको योग रहेको छ भने जीवन साथीको असहयोगले कामहरू समयमा सम्पन्न नहुने देखिन्छ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धी न्यून हुनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछैन । पढाई लेखाइमा भने समय दिन सके सफलता हात लाग्नेछ ।
कर्कट : आज स्वास्थ्य भरपर्दो रहनेछैन । अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित काम रोकिन सक्छ । तर पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेका लागि भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित सस्ताबाट मनग्य लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यमय रहेको छ । उत्तर दिशाको यात्रामा पनि सावधान हुनुहोला ।
सिंह : आज समय शुभ छ । कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।
कन्या : आज समय खराब छ । आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ। ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । साँझपख भने धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ ।
तुला : आज समय अत्यन्तै शुभ छ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैँकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।
वृश्चिक : आज समय अत्यन्तै खराब छ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन् । अध्ययनमा सामान्य उपलब्धि हुनेछ । काममा बाधा पुर्याउने व्यक्ति सक्रिय हुने हुँदा सजग रहनुहोला । प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन केही समय लाग्ने देखिन्छ ।
धनु : आज स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।
मकर : आज स्वास्थ्य सबल रहनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रतीक्षा गरिएको उपलब्धी प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ ।
कुम्भ : आज समय खराब छ, स्वास्थ्यमा समस्या आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छिमेकमा असमझ्दारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । साँझपख आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । आफ्नाबाट भने कारोबार नगर्नुहोला । केही खर्च लागे पनि यात्रा भने पलदायी हुने देखिन्छ ।
मीन : आज समय मध्यम खालको छ । कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेको छ भने व्यापारको सिलसिलामा गरिने यात्रा निरर्थक हुनेछ । सवारी साधन तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आत्मबल तथा सम्भाव्यता गुमाउँदा आँफैलाई घाटा लाग्न सक्छ ।
साइत : सूर्य तुला राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः०९ बजेदेखि ७ः३४ बजेसम्म चर बेला
बिहान ७ः३४ बजेदेखि ८ः५८ बजेसम्म लाभ बेला
बिहान ८ः५८ बजेदेखि १०ः२३ बजेसम्म अमृत बेला
बिहान १०ः२३ बजेदेखि ११ः४७ बजेसम्म काल बेला
मध्यान्ह ११ः४७ बजेदेखि १ः१२ बजेसम्म शुभ बेला
दिनमा १ः१२ बजेदेखि २ः३६ बजेसम्म रोग बेला
दिनमा २ः३६ बजेदेखि ४ः०१ बजेसम्म उद्धेग बेला
दिनमा ४ः०१ बजेदेखि ५ः२५ बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः२५ बजेदेखि ७ः०१ बजेसम्म लाभ बेला
साँझ ७ः०१ बजेदेखि ८ः३६ बजेसम्म अमृत बेला
राति ८ः३६ बजेदेखि १०ः१२ बजेसम्म काल बेला
राति १०ः१२ बजेदेखि ११ः४७ बजेसम्म शुभ बेला
राति ११ः४७ बजेदेखि १ः२३ बजेसम्म रोग बेला
राति १ः२३ बजेदेखि २ः५९ बजेसम्म उद्धेग बेला
रातिमा २ः५९ बजेदेखि ४ः३४ बजेसम्म चर बेला
रातिमा ४ः३४ बजेदेखि ६ः१० बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।