arrow

भारत विरुद्धको तेस्रो टेष्टमा न्यूजिल्याण्ड २३५ रनमा रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १६ शुक्रबार
ind-nz-2024-11-1.jpg

काठमाडौँ । भारत विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा न्यूजिल्याण्ड २३५ रनमा समेटिएको छ । वाङ्खेडेको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ६५.४ ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो । 

डेरिल मिचेलले ८२ तथा विल यङ्गले ७१ रन बनाएको इनिङ्समा रविन्द्र जडेजाले ५ तथा वासिङ्टनले ४ विकेट लिए । 

यसअघिका दुवै खेल हारेर भारत कमजोर देखिएको छ । यो खेल हार्दा भारत आईसीसी वल्ड टेष्ट च्याम्पियनशिपको फाइनल प्रवेशको सम्भावनाबाट बाहिरिने छ । 
 



नयाँ