arrow

भारतीय टेष्ट क्रिकेट टिम अहिलेसम्मकै कमजोर, न्यूजिल्याण्डसँग ह्वाइटवास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १८ आइतबार
nz-ind-test-24-11-3.jpg

काठमाडौँ । भारतीय टेष्ट क्रिकेट टिम अहिलेसम्मकै कमजोर देखिएको छ । भारतीय टिमले न्यूजिल्याण्डसँगको टेष्ट श्रृंखला ३–० ले गुमाएपछि अहिलेसम्मकै कमजोर देखिएको हो । 

न्यूजिल्याण्डले भारतलाई भारतकै भूमिमा हराउन सकेको थिएन । तेस्रो तथा अन्टिम टेष्ट मुम्बईमा २५ रनले भारत हार्यो । भारतले २४ वर्षपछि कुनै पनि टिमसँग पहिलो पटक घरेलु मैदानमा टेष्ट श्रृ‌ंखलामा क्लिन स्वीप हार बेहोरेको हो । 

यो हारसँगै भारतको वल्ड टेष्ट च्याम्पियनशिपको फाइनल खेल्ने सपना लगभग टाढिएको छ । 

यसअघि भारत फाइनलमा पराजित हुँदै आएको थियो । 

तेस्रो रनमा १४७ रनको चुनौती पछ्याउने क्रममा भारत १२१ रनमै अलआउट भयो । ऋषभ पन्तले ५७ बलमा ६४ रन जोडे । एजाज पटेलले दोस्रो इनिङ्समा ६ विकेट लिए । 

यसअघि न्यूजिल्याण्डले पहिलो इनिङ्समा २३५ रन बनाउँदा भारतले २६३ रन बनाएको थियो । न्यूजिल्याण्डले दोस्रो इनिङ्समा १७४ रन बनाउँदा भारतले न्यून चुनौती पनि पछ्याउन असफल भएको हो । 

एजाजले पहिलो इनिङ्समा ५ विकेट लिएका थिए । 

लगातार तीन हारपछि शीर्ष स्थानको भारत दोस्रो स्थानमा झरेको छ भने उसलाई श्रीलंका, न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले चुनौती दिएका छन् । 

अबका खेलमा भारतले जितेरमात्र पुग्दैन फाइनल पुग्नका लागि अष्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका र न्यूजिल्याण्ड पराजित हुनुपर्छ । जुन असम्भव छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ