arrow

बेडनक बनिन् बेलायतको कन्जरभेटिभ पार्टीकी नयाँ नेता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १८ आइतबार
kemi-benduck-uk.jpg

काठमाडौँ । केमी बेडनक बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेता बनेकी छन् । ४४ वर्षकी केमी बेडनक ब्रेक्सिटको कडा समर्थक हुन् । 

उनी आप्रवासी मुद्दाहरू र ट्रान्स समुदायका अधिकारहरूमा खुला विचार र कडा अडानका लागि परिचित छिन् ।

यसअघि यो पद बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकसँग थियो । जसको नेतृत्वमा कन्जरभेटिभ पार्टीले सन् १८३२ को जुलाईमा सबैभन्दा खराब प्रदर्शन गरेको थियो । सन् २०२४ को चुनावमा कन्जरभेटिभ पार्टीले २०० भन्दा बढी सिट गुमाएको थियो ।

नाइजेरियामा हुर्केकी केमी बेलायतको कुनै पनि राजनीतिक दलको प्रमुख हुने पहिलो ब्ल्याक महिला हुन् । केमीले मतदाताको विश्वास जित्नको लागि कन्जरभेटिभ पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने वाचा गरेकी छन् ।

पार्टी नेतृवको चुनावमा केमीले अर्का नेता रोबेर्ट जेनरिकलाई पराजित गरेकी थिइन् । केमीले कुल ५३ हजार ८०६ मत पाएकी थिइन् भने जेनरिकले ४१ हजार  ३८८ मत प्राप्त गरेका थिए ।

बेलायतमा कन्जरभेटिभ पार्टीका सदस्यको संख्या पनि २०२२ को तुलनामा घटेको देखिएको छ । २०२२ मा एक लाख ७२ हजार सदस्य रहेकोमा अहिलेको मतदानमा एक लाख ३२ हजार मात्र रहेको बीबीसीले उल्लेख गरेको छ ।



नयाँ