मत जनताले हाल्ने हो, उम्मेद्वार म हो, जित सुनिश्चित छः सुनील शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
691
Shares
काठमाडौँ । नेपाली कांग्रेस नेता एवं मोरङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा. सुनील शर्माले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।
आम नागरिकहरू आफ्नो पक्षमा रहेकाले ७० देखि ७५ प्रतिशतसम्म मत ल्याएर जित्ने लक्ष्य राखेको उनले बताए।
बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेपछि बोल्दै उनले जनताको अपार मया र प्रगाढ स्नेहले जित सुनिश्चित रहेको बताए।
उनले मत जनताले दिने र आफू मात्रै जितका लागि योग्य उम्मेद्वार भएको बताए।
उनले भने, ‘७९ सालमा हाम्रो गठबन्धन थियो । अलिकति बढी क्याडरहरु, पब्लिकहरुको सपोर्ट यो लेबलको देखिँदैन थियो । अहिले ओभरह्वेल्मिङ । गाउँगाउँबाट मान्छेहरू, जनताहरू, सामान्य नागरिकहरूको ओभरह्वेल्मिङ सपोर्ट देखिन्छ हाम्रो पक्षमा । हैन अब जित्ने हार्ने भन्ने कुरा त इलेक्सन हो तर अब जनताको अपार माया, प्रगाढ स्नेहका कारणले गर्दाखेरि मलाई विश्वास के छ भने हामी दुई तिहाइदेखि ७०-७५ पर्सेन्ट सम्मको मतको टार्गेटमा छौँ । जित त निश्चितै छ नि । भोट जनताले दिने हो, उम्मेद्वार म हो, अनि कसले जित्छ त ? यहाँका जनताले सबैले माया गर्नुभएको छ, जितिहालिन्छ । चिन्ता गर्नु पर्दैन ।’
उनले आफ्नो जित सुनिश्चित रहेकाले चिन्ता नगर्न आग्रह गरे।