- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
मिति २०८१ कार्तिक १९ गते सोमबार, इस्वीसंवत नभेम्बर ४ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिकशुक्लपक्षको तृत्तीया तिथि रातिमा ९ः१९ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा अनुराधा अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा शोभन १४ घटि २२ पलासम्म त्यसपछि अतिगण्ड योग रहनेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा मानस रहनेछ ।
सूर्य तुला राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान २७ घटि २५ पला अर्थात ११ घण्टा ०१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१७ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ८ः४५ बजे र अस्ताउने समय साँझमा ७ः०० बजे रहेको छ ।
आजको राशिफल
मेष : आज पनि समय खराब रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिनासित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ । खराब निर्णय हुन सक्छ । मध्यान्हपछिको समय भने केही सुधारित रहनेछ । आफन्तसँगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्र्व ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।
वृष : आज पनि स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ । साथी भाइ इष्टमित्र सबैको मन जित्न सकिनेछ, तपाइँको अनुयायी बढ्नेछन् भने नयाँ कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ । आर्थिक कारोबार सन्तोष जनक रहनेछ, आजका लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो, कुनै कामको थालनी गर्नु अघि देवी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।
मिथुन : आज समय राम्रो रहनेछ । रोकिएका ब्यवसायिक कारोबारमा सुधार आउनेछ । प्रेमसम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ, नयाँ सवारी साधन र बहुमुल्य रत्नको संचिति हुने समय रहेको छ । आज पश्चिमतर्फको यात्रा नगर्नुहोला । आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने कुनै काम शुरुवात गर्नु पूर्व ॐ सरस्वत्यै नमः मन्त्र जपेर अगाडि बढे उत्तम हुनेछ ।
कर्कट : आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ । ठूला व्यक्तिसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेले व्यवहारमा अवसर प्रदान गर्नेछन् । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । अरूको मुख नताकि कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ ।
सिंह : आज पनि समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ, शत्रु तपाइँदेखि टाढिन थाल्नेछन्, धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ । हतियार बात लाग्न सक्छ निकै चनाखो रहनु होला,आजको लागि ६, शुभ रंग सप्तरंगी हो भने कुनै काम शुरुआत गर्नु पूर्र्व कुलादेबताको स्मरण र दर्शन पूजा गरेर अगाडि बढे उत्तम हुनेछ ।
कन्या : आज पनि समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेहरुका लागि फलदायी समय रहनेछ । खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकरावको स्थिति आउन सक्छ । धनमाल हराउन सक्छ चनाखो रहनु होला । आजका लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे र यात्रा गर्नु पूर्व बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।
तुला : आज पनि समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिनासित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ । मध्यान्हपछिको समय भने केहि सुधारित रहनेछ । आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्र्व ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।
वृश्चिक : आज पनि समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।
धनु : आज स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।
मकर : आज पनि स्वास्थ्य अनुकुल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होशियार रहनुहोला ।
कुम्भ : आज पनि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।
मीन : आज पनि समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न,बोलीको प्रभाव घट्दो क्रममा रहनेछ । अत्यावश्यक यात्रा गर्नुपरेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ । आजको लागि शुभ अंक ३, शुभ रंग पहेलो हो भने कुनै काम शुरुआत गर्नु पूर्र्व ॐ मृत्युन्जयाय नमः यो मन्त्र २३ पटक जप गरेर अघि बढे शुभफल हात लाग्नेछ ।
साइतः सूर्य तुला राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले पश्चिम र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः१६ बजेदेखि ७ः३९ बजेसम्म अमृत बेला
बिहान ७ः३९ बजेदेखि ९ः०१ बजेसम्म काल बेला
बिहान ९ः०१ बजेदेखि १०ः२४ बजेसम्म शुभ बेला
बिहान १०ः२४ बजेदेखि ११ः४७ बजेसम्म रोग बेला
मध्यान्ह ११ः४७ बजेदेखि १ः०९ बजेसम्म उद्धेग बेला
दिनमा १ः०९ बजेदेखि २ः३२ बजेसम्म चर बेला
दिनमा २ः३२ बजेदेखि ३ः५५ बजेसम्म लाभ बेला
दिनमा ३ः५५ बजेदेखि ५ः१७ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः१७ बजेदेखि ६ः५५ बजेसम्म लाभ बेला
साँझ ६ः५५ बजेदेखि ८ः३२ बजेसम्म अमृत बेला
राति ८ः३२ बजेदेखि १०ः१० बजेसम्म काल बेला
राति १०ः१० बजेदेखि ११ः४७ बजेसम्म शुभ बेला
राति ११ः४७ बजेदेखि १ः२४ बजेसम्म रोग बेला
राति १ः२४ बजेदेखि ३ः०२ बजेसम्म उद्धेग बेला
रातिमा ३ः०२ बजेदेखि ४ः३९ बजेसम्म चर बेला
रातिमा ४ः३९ बजेदेखि ६ः१७ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।