arrow

नेपालले लिग २ मा आज स्कटल्याण्डसँग खेल्दै, यस्तो छ जित्ने अवसर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १९ सोमबार
nepal-scotland-24-11-1.jpg

काठमाडौँ । अमेरिकाका जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक श्रृंखलामा आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ ।

यो खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुनेछ । जारी श्रृंखलामा नेपालले ३ खेलमा दुईमा हार र एक जित हासिल गरेको छ भने स्कटल्याण्डले ३ खेलमा दुईमा जित र एक हार हासिल गरेको छ । 

स्कटल्याण्डले अमेरिकासँगका दुवै खेल जितेको छ भने नेपालसँगको खेल हारेको थियो । यो आँकडाले पनि नेपाललाई यो जित्ने अवसर रहेको छ । नेपालले स्कटल्याण्डसँग खेलेका पछिल्ला पाँच खेलमा शुरुआती दुई खेल हारे पनि त्यसपछिका तीन ओटै खेल जितेको छ । यस अर्थमा नेपाललाई आज हराउने बलियो आधार छ । 

लिग–२ मा अहिलेसम्म स्कटल्याण्ड १० खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका १२ खेलमा १६ अंक हासिल गर्दै शीर्ष स्थानमा छ । त्यस्तै नेपाल ११ खेलमा ५ अंकसहित सातौँ स्थानमा छ ।

यो त्रिकोणात्मक श्रृंखलाको यो अन्तिम खेल पनि हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ