arrow

बंगलादेशले भारतलाई तिरेन बिजुलीको बक्यौता, लाइन काट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १९ सोमबार
electricity-line.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतको धनाढ्य समूह अदानी पावरले बंगलादेशलाई विद्युत महसुल तिर्न चार दिनको समय दिएको छ । अणानीको सो कम्पनीले बंगलादेशको बिजुली आपूर्ति आधा गरिसकेको छ। 

समूहको कम्पनी अदानी पावर झारखण्ड लिमिटेड (एपीजेएल) ले ८४ करोड ६० लाख डलर (लगभग ७ हजार ११८ करोड रुपैयाँ) को बक्यौता नतिरेको कारण यस्तो कदम चाल्ने जनाएको हो  ।

बंगलादेश पावर ग्रिडको तथ्यांक अनुसार एपीजेएलले बिहीबार रातिदेखि विद्युत आपूर्तिमा कटौती गरिसकेको छ । सो कटौतीका कारण बंगलादेशमा एकै रातमा १६ सय मेगावाटभन्दा बढी विद्युत् अभाव भएको छ । १ हजार ४९६ मेगावाटको बंगलादेशी प्लान्ट अहिले ७०० मेगावाटमा सञ्चालित छ ।

तर बंगलादेश भने भुक्तानी बक्यौता भएकाले कम्पनीले शुल्क बढाएको जनाएको छ । बंगलादेश विद्युत बोर्डले पुरानो बिल तिरेको बताएको छ तर जुलाईदेखि अणानीको शुल्क हरेक हप्ता २२ मिलियन डलरभन्दा बढी पुगेको छ । पीबीडीले करिब १८ मिलियन डलर तिरेको छ, जबकि बाँकी रकम बढ्दै गएको छ ।

अदानी पावरले अप्रिल २०२३ देखि बंगलादेशलाई बिजुली बेच्दै आएको छ । अणानी पावर लिमिटेड (एपीएल) ले १० अप्रिल २०२३ देखि आफ्नो पावर प्रोजेक्ट मार्फत बंगलादेशमा बिजुली निर्यात गर्न थालेको हो । सन् २०१७ मा कम्पनीले गोड्डा पावर प्लान्टबाट बंगलादेशमा २५ वर्षका लागि विद्युत् खरिद सम्झौता अन्तर्गत बिजुली आपूर्ति गर्ने सम्झौता गरेको थियो ।

सो प्लान्ट साढे तीन वर्षमा सञ्चालनमा आएको थियो । गत वर्ष तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई भेटेपछि गौतम अडानीले ट्वीटरमा उक्त तस्बिर शेयर गरेका थिए । 

उनले लेखेका थिए, ‘१६०० मेगावाटको अल्ट्रा सुपर क्रिटिकल गोड्डा पावर प्लान्टको फुल लोडको सुरुवात र हस्तान्तरणमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेट्न पाउँदा म सम्मानित छु । म भारत र बंगलादेशका समर्पित टोलीहरूलाई सलाम गर्दछु, जसले कोभिडको सामना गरे पनि साढे तीन वर्षको रेकर्ड समयमा प्लान्ट सञ्चालनमा ल्याउन सफल भए  । 

अणानी समूहको थर्मल पावर उत्पादन गर्ने कम्पनी अणानी पावरले आर्थिक वर्ष २०२४–२५ को दोस्रो त्रैमासिकमा ३,२९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ हजार ५९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

परिचालन राजस्वको कुरा गर्दा यो कम्पनिले जुलाई–सेप्टेम्बर त्रैमासिकमा १३, ३३९ करोड रुपैयाँ थियो। वार्षिक आधारमा ३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०२३–२४ को दोस्रो त्रैमासिकमा कम्पनीले १२,९९१ करोड रुपैयाँ राजस्व आर्जन गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ