arrow

नेपाल र स्कटल्यान्डको खेल वर्षाले एक घण्टा ढिला गरी शुरु, नेपाल ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १९ सोमबार
nepal-scotland-odi-24-11-4.jpg

काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेलिरहेको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको छ । वर्षाका कारण खेलमा एक घण्टा ढिलाइ भएको छ । 

त्यसपछि शुरु भएको खेल एक ओभरमात्र सम्भव भएपछि फेरि वर्षाले रोकियो । 

नेपाल दोस्रो जितको खोजीमा छ । यही शृङ्खलाको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो ।

यता स्कटल्यान्ड तेस्रो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो ।

आजको खेलमा नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले खेलेका छैनन् ।

दुवै जना खेलाडीलाई चोट लागेका कारण स्कटल्यान्ड विरुद्धको खेल गुमाएका हुन् । उनीहरुको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ ।

लिग-२ मा नेपाल ११ खेलमा पाँच अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । त्यस्तै स्कटल्यान्ड १० खेलबाट १३ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ