arrow

मर्स्याङ्दीमा खस्नबाट जोगिएकाे ईभी गाडी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
micro-bus-accident.jpg

पोखरा । काठमाडौँबाट पोखरा आउँदै गरेको ईभी माइक्रो मंगलबार दिउँसो तनहुँमा पल्टिएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहरा नजिकै उक्त गाडी पल्टिएको हो ।

गाडीमा सवार सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

गाडी मर्स्याङ्दी नदीमा खस्नबाट बचेको उनले बताए । ‘गाडी एक बल्ड्याङमात्रै खाएको भए नदीमै पुग्ने रहेछ, पल्टिएर घिस्रिएकाले ढुंगामा अड्किएछ, जसले ठूलो घटना हुनबाट जोगियो’, प्रहरी निरीक्षक अधिकारीले भने ।

गाडीले सडक छेउँमा गाडीएका कंक्रिट खावा भाँचेर भिरको डीलमा अड्किन पुगेको छ ।

सो स्थान भन्दा करिब १०० मिटर अगाडि केही महिना अघि भारतीय पर्यटक बस दुर्घटनामा परेको थियो ।

गाडी अनियन्त्रित भएर पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।



नयाँ