- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
मिति २०८१ कार्तिक २१ गते बुधबार, इस्वीसंवत नभेम्बर ६ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिकशुक्लपक्षको पञ्चमी तिथि रातिमा ९ः३८ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा मूल बिहानमा ९ः२६ मिनेटसम्म त्यसपछि पूर्वाषाढा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा सुकर्म १० घटि ० पलासम्म त्यसपछि धृति योग रहनेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा ध्वज रहनेछ ।
सूर्य तुला राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २७ घटि १९ पला अर्थात १० घण्टा ५८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१९ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा १०ः३९ बजे र अस्ताउने समय साँझमा ८ः५० बजे रहेको छ ।
आजको राशिफल
मेष : आज आफ्नै ढिलासुस्तीले मनोवल घटाउनेछ, हरेक काममा पछि परेको अनुभव हुने, मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, आज फलफूलसम्बन्धी पेशामा लाभ पाइने, पद र पैसाभन्दा प्रतिष्ठास“ग गा“सिएका काममा लगानी हुन सक्नेछ ।
वृष : आज मनमा विना कामको चिन्ता थपिने, दाजुभाइबीचको सम्बन्ध पनि सुमधुर नरहने, आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ, आज काममा समेत उतारचढाव नआउला भन्न सकिन्न, तर मनोरञ्जन तथा राजनीतिक क्षेत्रमा सहभागी हुन पाइनेछ ।
मिथुन : आज स्वास्थ्य एक्कासि समस्या, चिसोका कारण शरीर सुनिने, निमोनिया हुन सक्ने छ, आँखामा एक्कासी समस्या देखिन सक्छ, घरमा चोरी हुन सक्ने सम्भावना पनि ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ, तर आज खेलकुद, राजनीतिक एवं सामाजिक क्षेत्रमा सहभागी भएर सहयोग गर्न पाइनेछ ।
कर्कट : आज स्वास्थ्य ठीकठाक रहनेछ । आदर सत्कार पाइने काममा सहभागी हुन पाइनेछ, पारिवारिक तथा आश्रित कर्मचारीको राम्रो सहयोग पाइने छ, तपाईंको कार्यक्षेत्रमा शुभेच्छुक व्यक्ति नयाँ लाभका अवसर लिएर आउने, रमणीय कार्यमा सहभागी हुन पाइने छ भने दिउँसो ३ बजेपछिको समय शुभ छैनन्, ती समयमा लेनदेन एवं महत्वपूर्ण कार्य नगर्नुहोला ।
सिंह : आज स्वास्थ्यले राम्रै साथ दिनेछ, आम्दानीका स्रोत बढ्दै जानेछन्, यशकीर्ति बढ्ने काममा लगानी गर्न पाइनेछ, नयाँ कामको थालनी आज गर्नुभएमा उच्चतम् फाइदाको हुनेछ, व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ, दिउँसो आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने सम्भावना छ, त्यसैले यात्रा तथा जे काम गर्दा पनि सजक हुनुहोला ।
कन्या : आज व्यर्थैको विवादले मानसिक चिन्ता थप्ने छ, आफन्तबाट तिरष्कार, अपमान गर्ने प्रयास हुन सक्नेछ, तपाईंको काम बिगार्न लागि पर्नेछन्, समग्रमा लाभभन्दा हानी नै ज्यादा हुने हु“दा सतर्क हुनु आवश्यक छ । उत्तरतर्फको यात्रा आज नगर्दा राम्रो हुनेछ । मित्र योग परेकाले पूराना मित्रसँग भेटघाट हुनेछ ।
तुला : आज प्रशस्तै लाभका मौका रहेका छन्, सापटी धन फिर्ता गर्न आउनेछन्, मन लागेको कार्यमा छुट्नुपर्ने, घरमा चोरी हुन सक्ने सम्भावना देखिन्छ भने टाढाको धार्मिक यात्राको सम्भावना देखिन्छ तर आज पश्चिम मुलुकको यात्रा नगर्दा नै राम्रो हुनेछ ।
वृश्चिक : आज मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भइरहनेछ । स्वास्थ्यको दृष्टिले समय शुभ छैन, उठ्नुपर्ने पैसा न उठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ, आफन्तसँग भएको कलहले ठूलै घाटा व्यहोर्नुपर्ने छ । समग्रमा आज कसैसँग पनि विवाद गर्नु ठीक छैन ।
धनु : आज मानसिक व्यर्थ चिन्ता बढ्नेछ, तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा-छोरीबाट धोका खानुपर्नेछ, नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ, आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ, अनावश्यक रुपमा शत्रु वृद्धि, आफन्तसँग वादविवादमा लाग्नु ठीक हुनेछैन, दिउँसो ३ बजेबाट भने सुधार हुनेछ ।
मकर : आज स्वास्थ्यको हिसाबले राम्रै रहने छ, तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्याउनु, बेलैमा होस पुर्याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।
कुम्भ : आज पनि समय अत्यन्तै शुभ छ, स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता मिल्ने काममा लगानी गरिनेछ । आम्दानीका नयाँ स्रोत बढ्दै जानेछन्, जुन काम गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसँग पूरा हुनेछन् । आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका काम बन्नेछन् ।
मीन : आज साापटी दिएको धन फिर्ता, विगतको तुलनामा मानसिक शान्ति र आराम मिल्ने छ, कर्मचारी, परिवारका सदस्यबाट राम्रै सहयोग पाइनेछ, समय पूर्ण सुधारतर्फ चलिरहेको छ, रोकिएका प्रायः जसो काम छिटै सम्पन्न हुनेछन्, टाढाको यात्रा पनि सफल हुने देखिन्छ, प्रियतम् भेट हुनेछ ।
साइत : सूर्य तुला राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः१६ बजेदेखि ७ः३९ बजेसम्म लाभ बेला
बिहान ७ः३९ बजेदेखि ९ः०१ बजेसम्म अमृत बेला
बिहान ९ः०१ बजेदेखि १०ः२४ बजेसम्म काल बेला
बिहान १०ः२४ बजेदेखि ११ः४७ बजेसम्म शुभ बेला
मध्यान्ह ११ः४७ बजेदेखि १ः०९ बजेसम्म रोग बेला
दिनमा १ः०९ बजेदेखि २ः३२ बजेसम्म उद्धेग बेला
दिनमा २ः३२ बजेदेखि ३ः५५ बजेसम्म चर बेला
दिनमा ३ः५५ बजेदेखि ५ः१७ बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः१७ बजेदेखि ६ः५५ बजेसम्म अमृत बेला
साँझ ६ः५५ बजेदेखि ८ः३२ बजेसम्म काल बेला
राति ८ः३२ बजेदेखि १०ः१० बजेसम्म शुभ बेला
राति १०ः१० बजेदेखि ११ः४७ बजेसम्म रोग बेला
राति ११ः४७ बजेदेखि १ः२४ बजेसम्म उद्धेग बेला
राति १ः२४ बजेदेखि ३ः०२ बजेसम्म चर बेला
रातिमा ३ः०२ बजेदेखि ४ः३९ बजेसम्म लाभ बेला
रातिमा ४ः३९ बजेदेखि ६ः१७ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।