arrow

उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन कांग्रेसमा छलफल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
prakashsaran-mahat-07-21.jpg

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ । बुधबार पार्टी मुख्यालय सानेपामा महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी पार्टी केन्द्रको तर्फबाट प्रभावकारी भूमिका निर्वाह हुने गरी जिम्मेवारी बाँडफाँड लगायतको विषयमा छलफल गरेको हो । 

पार्टीका उम्मेदवार हरूलाई विजयी गराउने सन्दर्भमा केन्द्रबाट प्रभावकारी भूमिका निर्वाह गर्ने गरी जिम्मेवारी बाँडफाँड गर्ने लगायतको निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उपनिर्वाचनमा पार्टीका तर्फबाट उठेका उम्मेदवार हरूलाई विजयी गराउने जिम्मेवारी पूरा गर्नका लागि स्थानीय तहले खेल्ने भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा नेताहरूले जोड दिएका थिए । 

पार्टी प्रवक्ता महतले भने, ‘स्थानीय तहमा जुन निर्वाचनहरू हुन गइराखेको छ उपनिर्वाचन । त्यो सन्दर्भमा पार्टीले एउटा समिति बनाएको छ कि देशभर जहाँ जहाँ निर्वाचन हुँदैछ । निर्वाचन हुने ठाउँहरूको स्थिति के छ ? र त्यसमा कसरी पार्टीले प्रभावकारी ढङ्गबाट आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ ? उम्मेदवारहरू जिताउने सन्दर्भमा । साथसाथै केन्द्रको तहबाट यद्यपि स्थानीय निर्वाचन भएको हुनाले स्थानीय तहको हाम्रो पार्टीको जुन संरचना छ । उहाँहरूको अहम् भूमिका हुन्छ । तापनि केन्द्रको तहबाट समन्वय गर्नुपर्ने विषयवस्तुहरू हुन्छ । केन्द्रको तर्फबाट पूरा गर्नुपर्ने जिम्मेवारीहरू कसरी पूरा गर्ने भन्ने सन्दर्भमा छलफल भयो । र, विभिन्न जिम्मेवारीहरू पनि बाँडफाँड गरियो ।’ 

मङ्सिर १६ गते हुने उपनिर्वाचनमा लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि गठित महामन्त्री शर्मा संयोजकत्वको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य र सदस्य सचिवमा प्रकाश शर्मा रहेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ