- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । वेस्ट इन्डिजले इङ्गल्याण्ड विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलामा कब्जा जमाएको छ । वेष्ट इन्डिजले श्रृंखलामा २–१ को जित निकालेको हो ।
ब्रिजटाउनमा भएको तेस्रो खेलमा वेष्ट इन्डिज ८ विकेटले विजयी भयो । इङ्गल्याण्डले दिएको २६४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
वेस्ट इन्डिजको जितमा किची कार्टीले अविजित रहँदै १२८ तथा ब्राण्डन किङले १०२ रन बनाएका थिए ।
यसअघि इङल्याण्डले पहिला ब्याटिंग गर्दै फिल साल्टको ७४, डान मोउसलीको ५७ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो ।
यसअघि वेस्ट इन्डिजले पहिलो खेल ८ विकेटले जितेको थियो भने दोस्रो खेल इङ्गल्याण्डले ५ विकेटले जितेको थियो ।
अब दुवैबीच ५ खेलको टी–२० श्रृंखला हुनेछ । श्रृंखलाको पहिलो खेल नोभेम्बर १० मा हुँदैछ ।