ट्रम्पले जितेपछि सुनको मूल्यमा भारी गिरावट, एकैदिन घट्यो तोलामा चार हजार
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
979
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सुनको भाउमा भने ठूलो गिरावट आएको छ । अमेरिकी डलरको भाउ बढ्दा र शेयरमा उछाल आउँदा सुनको मूल्यमा भने गिरावट आएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा पनि प्रभाव देखिएको छ । सो अनुसार बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजार रुपैयााले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँ निर्धारण गरेको छ ।
बुधबार प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २०१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने १९६० रुपैयाँ कायम गरिएको छ ।