arrow

आजको मौसमः छिटपुटदेखि हल्का वर्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिंम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

साथै यी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । त्यस्तै चिसो पनि विस्तारै बढ्दै गइरहेको छ । 
 



नयाँ