- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको दोस्रो चरणको आन्दोलनमा साथ दिन आम जनतालाई आह्वान गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारविरुद्ध घोषित दोस्रो चरणको आन्दोलनलाई सशक्त बनाउनका लागि साथ दिन नेपाली जनतालाई आह्वान गरेको हो ।
राज्य सत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाको हरुमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान समेत बैठकले गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाकी सांसद सोविता गौतमले जानकारी दिइन्।
रास्वपाले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा छानबिनका लागि हिरासतमा रहेका पार्टीका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधको आधारमा थुनामा राखेको भन्दै दोस्रो चरणको सडक आन्दोलन पनि घोषणा गरेको छ । सोही आन्दोलनलाई सशक्त बनाउनका लागि बैठकले आम जनतालाई आह्वान गर्ने निर्णय गरेको सांसद गौतमले बताइन् ।
उनले भनिन्, ‘सभापति रवि लामिछाने विरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको घोर भर्त्सना गर्दछ । यो कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षडयन्त्र हो भन्ने हाम्रो ठम्याई छ । संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४४९ मा सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भएतापनि सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउ पछि वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न हो भन्ने कुरा प्रस्ट देखिन्छ । कुनै बेला राजनीतिक स्वतन्त्रताका लागि सङ्घर्ष गरेका दलहरू आज नवीन विचार र आवाजलाई दबाउन उद्धत छन् । राज्यको यस्तो स्वेच्छाचारी, दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत छ । रास्वपा आम नेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह समेत गर्दछ । तसर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य सत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाको हरुमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान समेत गर्दछ । मिति २०८० माघमा राष्ट्रिय स्वतन्त्र पार्टीले तयार पारी सम्माननीय प्रधानमन्त्रीलाई समेत बुझाएको सहकारी र लघुवित्त संस्थाह्रुको समस्या समाधान नीतिगत योजना र समाधानका उपायहरूलाई आधार मान्दै सहकारी, लघु वित्त एवं मिटरब्याज पीडितहरूको सरोकार सम्बन्धी तृणमूल अभियानलाई गति दिन एक महिना भित्र रास्वपाका सम्बन्धित पालिकाका संरचनाहरूमा सहकारी नियमनको आवश्यकता यकिन गरी कार्यक्रम बनाएर पीडितहरूको समस्या अनुसार बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमको अगुवाइ गर्ने । आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएका स्वेच्छाचारी राजनीतिक प्रतिसोध, सर्वत्र व्याप्त बेथिति र सङ्गठित भ्रष्टाचारका विरुद्ध आम जनसमुदायमा जागृति फैल्याउने अभियान सञ्चालन गर्ने । ’
त्यसै गरी बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पनि मुलुकमा विद्यमान राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आम जनतालाई जागृत बनाउने गरी अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।