arrow

घट्यो नेप्से, दोहोरो अंकको गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । मंगलबार नेप्से परिसूचक ११ अंकले घटेको छ । नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ ।

कुल ३१२ कम्पनीका एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख बराबरको कारोबार भएको थियो ।

गुराँस लघुवित्त र मेन्छीयाम हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।

त्यस्तै सबैभन्दा बढी गुडविल फाइनान्सको २९ करोड २८ लाख ६१ हजार बराबरको कारोबार भएको छ भने आँखु खोला जलविद्युतको सबैभन्दा बढी ११ लाख ९८ हजार ६४० कित्ता शेयर कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ