arrow

स्कुटर दुर्घटनामा चालकको मृत्यु, शव अझै उठेन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
Accident-sign.jpg

पोखरा । पोखरामा महानगरपालिका वडा नं ३१ लाँकुरीमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी गाउँपालिका वडा नं १४ घर भएका २३ वर्षीय मौसम पुन मगर रहेका छन् ।

बेगनास-भोर्लेटार सडकखण्डमा बा७९प ५८७७ नम्बरको स्कुटर सडकबाट करिब ९५ फिट तल खस्दा चालक मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तीव्र गतिमा चलाइएको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार दुर्घटना एक, दुई दिन अघि नै भएको अनुमान गर्न सकिन्छ । तर जानकारी आज दिउँसो करिब २ बजेतिरै पाइएको हो ।

चालक पुनको शव भिरमा अड्किएकाले निकाल्न कठिन पनि भएको छ ।

पुनका परिवारजनले पनि आफूहरु आएर हेरेपछि मात्रै निकाल्न भनेकाले शव ननिकालिएको डीएसपी शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ