arrow

लगातार दोस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । लगातार दोस्रो दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार दोहोरो अंकले घटेको नेप्से बुधबार पनि दोहोरो अंकले नै घटेको हो । 

बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । नेप्से १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा बन्द भएको छ ।

कुल ३०८ कम्पनीका एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख बराबरको कारोबार भएको थियो ।

सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी कुठेली बुखेरी हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी जानकी फाइनान्सको ३३ करोड ८६ लाख ३३ हजार बराबरको कारोबार भएको छ भने पोखरा फाइनान्सको २५ करोड ८९ लाख बराबरीको कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ