arrow

सीआईबीले धनराज गुरुङसँग सहकारी ठगीबारे लियो बयान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
dhanaraj-gurung.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सहकारीको रकम अपलचनबारे बयान लिएको छ ।

सीआईबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बधी बयानमा कागज गराएको हो । 

सीआईबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम , सहकारीबाट लिएको ऋण र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धी सोधपुछ गरेको बताइएको छ ।

गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन् ।

ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए । 

धनराज आफैँले ज्योतिसँग सम्बन्ध विच्छदे हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति भएको बताएका छन् । धनराजले आफू सहकारीमा जोडिनु र श्रीमतीसँग भएको सम्बन्धविच्छेदबारे बयान दिएको बुझिएको छ ।

सहकारी सम्बन्धी छानबिन गर्न बनेको विशेष समितिले पनि आफ्नो प्रतिवेदनमा धनराजमाथि छानबिन गर्नुपर्ने राय दिएको थियो ।

उनकी पूर्वपत्नि ज्योति गुरुङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भैसकेको छ । 

मितेरी सहकारीका संचालक समितिले दिएको उजुरीका आधारमा धनराजमाथि छानबिन शुरु भएको हो ।

यसअघि उनै धनराजले आफूलाई सहकारी ठग नभन्न बरु अनुसन्धान गर्न माग गर्दै आएका छन् । 

त्यस्तै नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले पनि प्रमाण भेटिए धनराजमाथि पनि आवश्यक कारबाही हुने बताइसकेका छन् । 

कांग्रेसले धनराजलाई बचाउन कुनै पनि प्रयास नगरेको र दोषी देखिए कारबाही हुने भन्दै महामन्त्री गगनकुमार थापाले गुरुङमाथि तत्काल छानबिन गर्न माग गरेको पनि लामो समय भइसकेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ