- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा कीर्तिपुर नगरपालिकामा मेयर र वडाध्यक्षको उम्मेदवारी दर्ता गरेको छ ।
कीर्तिपुर नगरपालिकाको रिक्त मेयर र वडाध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । सो क्षेत्रका सांसद राजन केसी पनि सो उम्मेदवारी दर्तामा पुगेका थिए ।
कांग्रेसका अनुसार मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाइएको छ भने वडा नम्बर १ र ४ मा क्रमशः इच्छाकुमार महर्जन र राजेन्द्र मानन्धरले मनोनयन दर्ता गराएका छन् ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आज मनोनयन दर्ता कार्य भएको हो ।
कीर्तिपुरको मेयर पदका लागि उम्मेदवारी दर्ता गराएमा १५ मध्ये ८ स्वतन्त्र छन् राजनीतिक दलका तर्फबाट ७ जनाले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिएका छन् ।