- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आज शेयर बजार बन्द भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेसँगै शेयर कारोबार बन्द रहेको हो ।
बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुङ्गानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक विदा दिने निर्णय पनि गरेको हो । तसर्थ आज सरकारी कार्यालयलगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
यद्यपि सरकारले ढिला निर्णय गरेका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् ।
शेयर बजार अब मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । पूर्वसभामुख ढुङ्गानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।
आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ ।