arrow

पाँच दिनका लागि भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपालमा, के छ भ्रमण तालिका ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ५ बुधबार
upendra-dwibedi-indian-army.jpg

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी काठमाडौँ आइपुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी पाँच दिने भ्रमणका लागि आज काठमाडौँ आएका छन् । 

भ्रमणका क्रममा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यस्तै जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गरिने नेपाली सेनाले जनाएको छ। भ्रमणका दौरान उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नेछन् । 

त्यस्तै नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन् । 

यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ ।

पाँच सदस्यीय भ्रमण दलमा उनकी पत्नी तथा भारतीय सेनाको सैनिक श्रीमती कल्याण सङ्घकी अध्यक्ष सुनिता द्विवेदी पनि सहभागी छिन् ।
 
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी पत्नीले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
भ्रमणका क्रममा जनरल द्विवेदीलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने भएका हुन् । 

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ