arrow

कडा सुरक्षाबीच भाइजानले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ५ बुधबार
salman-khan-security-24-11-.jpg

काठमाडौँ । भारतको महाराष्ट्रमा विधान सभा निर्वाचन सम्पन्न भएको छ । सो क्रममा बलिउड दबंग भाइजान सलमान खानले पनि मतदान गरेका छन् । 

उनी अपरान्ह करिब ४ बजे कडा सुरक्षाबीच मतदान गर्न गएका थिए । उनले आफूले मुम्बईमा मतदान गरेपछि सेलिब्रिटीहरुलाई मताधिकार प्रयोग गर्न अपीलसमेत गरे । 

सलमानलाई मार्ने धम्की पटक पटक आएको छ । र पनि उनी कडा सुरक्षाबीच मतदान गर्न पुगेका हुन् । 

त्यस्तै अक्षयकुमारले पहिलो पटक विधानसभामा मतदान गरेका छन् । उनले केही महिना अगाडिमात्र भारतीय नागरिकता पाएका थिए । त्यसअघि उनीसँग क्यानाडाको नागरिकता थियो । 

त्यस्तै शाहरुख खान परिवारसहित गएर मतदान गरेका छन् । रणवीर कपूर, सुनील सेट्टी लगायतले पनि मतदान गरेका छन् । क्रिकेटका भगवान् सचिन तेन्दुलकरले परिवारसहित गएर मतदान गरेका छन् । 

बुधबार साँझ ५ बजेसम्म महाराष्ट्रका २८८ सिटका लागि भएको मतदानमा ५८.२२ प्रतिशत भोट खसेको थियो । 

मतदानका क्रममा बीड विधानसभा क्षेत्रमा निर्दलीय प्रत्यासी बाला साहब शिन्देको मतदान केन्द्रमा नै हृदयाघातबाट मृत्यु भएको छ । 

मुख्यमन्त्री एकनाथ शिन्दे परिवारका साथमा ठाणेमा मतदान गर्न गएका थिए । 

यसको नतिजा आगामी शनिबार २३ नोभेम्बरमा आउने छ । कसको भविष्य के होला भन्ने कौतुहलबीच विभिन्न एग्जिट पोलको आँकडा पनि बाहिर आएको छ । 

यस्तो छ एग्जिट पोलको आँकडा

म्याट्रिजको एग्जिट पोलका अनुसार महाराष्ट्रमा सत्ता गठबन्धनको महायुतिको १५० देखि १७० सिट आउन सक्नेछ । त्यस्तै एमबीएको ११० देखि १३० सिट र अन्यको बढीमा १० सिटसम्म आउन सक्ने अनुमान गरिएको छ । 

चाणक्य स्ट्राटिजिजको एग्जिट पोलका अनुसार महायुतिले १५२ देखि १६० सिट जित्न सक्नेछ । एमबीए गठबन्धनले १३० देखि १३८ सिट जित्ने अनुमान छ । बाँकीले ८ सिटसम्म जित्ने अनुमान गरिएको छ । 

जेभीसीको एग्जिट पोलअनुसार महायुतिले १५९ सिट, एमबीएले ११६ सिट र बाँकीले १३ सिट जित्ने अनुमान गरिएको छ । 

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनमा भाजपा, शिवसेना र राष्ट्रवादी काङ्ग्रेस पार्टी छन् भने विपक्षी महाविकास अघाडी (एमभीए) मा काङ्ग्रेस, शिव सेना (यूबीटी) र राकांपा (शरदचन्द्र पवार) छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ