- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धन डिपो सिनामंगललाई स्थानान्तरण गर्न विस्तृत परियोजना अध्ययन (डीपीआर) को लागि इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकलाई दिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रहेको हवाई इन्धन डिपो सिनामंगललाई स्थानान्तरण गर्नको लागि डीपीआर गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकलाई औपचारिक रुपमा हस्तान्तरण गरेको हो ।
डीपीआर सम्झौता पत्रमा इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकको तर्फबाट सहप्रध्यापक नारायणप्रसाद गौतम र हवाई इन्धन डिपो सिनामंगलको तर्फबाट प्रदीप यादवले हस्ताक्षर गरे । पत्रकार सम्मेलनमा बोल्दै हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवले एपीआईको मान्यताअनुसारको सुरक्षित नभएको,इन्धन भण्डार क्षमता कम र हवाई सुरक्षा मापदण्डभित्र रहेकाले डिपो सार्न लागिएको बताए । उनले पछिल्लो समय हवाई इन्धनको माग उच्च भएको बताए ।
उनले अन्य समयमा ४ लाख लिटर मात्रै हुने गरेको इन्धन यो वर्षको दशैँमा ९ लाख लिटर हवाई इन्धन खपत भएको बताए । उनले हवाई डिपोको ७६ लाख लिटरको क्षमता मात्रै रहेको बताए । उनले हवाई डिपो विमान दुर्घटना हुँदा पनि सुरक्षित नरहेकाले सार्न लागेको बताए । उनले हवाई डिपोको लागि नागरिक उड्डयन प्राधिकरणले आयल निगमसँग नसोधी जर्मन कम्पनीसँग गुह्येश्वरीमा अध्ययन गरी ६ अर्ब रुपैयाँ दिएको बताए । उनले सरकारले निर्देशन र निर्णयअनुसार डीपीआर बनाएर काम अगाडि बढाएको बताए । उनले इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले डिपो बनाउन डिजाइन गरेर दिने बताए । उनले डिजाइन आएपछि डिपो बनाउन निगमले सार्वजनिक खरिद ऐनअनुसार निगम अगाडि बढ्ने उल्लेख गरे ।
उनले भने,‘एपीआईको मान्यता अनुसारको सुरक्षित नभएको,पछिल्लो समय हवाई इन्धनको माग उच्च भएको छ । यो वर्षको दशैंमा ९ लाख लिटर हवाई इन्धन खपत भयो । अन्य समयमा ४ लाख लिटर मात्रै हुने गरेको थियो । हवाई डिपोको ७६ लाख लिटरको क्षमता छ । हवाई यात्रा वृद्धि भइरहेको छ तर हवाई इन्धन डिपो ५० वर्ष पहिलाकै डिजाइनको रहेको छ । स्टोरेज कम भएको छ । ट्याक्सीवेय ९० मिटरमा मात्रै छ । हवाई डिपो सुरक्षा मापदण्ड भन्दा बाहिर रहेकाले स्थान्तरण गर्नुपर्ने अवस्था आएको छ । हवाई डिपो विमान दुर्घटना हुँदा पनि सुरक्षित हुनुपर्छ । नागरिक उड्डयन प्राधिकरणले आयल निगमसँग नसोधी जर्मन कम्पनीसँग गुह्येश्वरीमा अध्ययन गरी ६ अर्ब रुपैयाँ डिजाइन दिएको छ । सरकारले निर्देशन र निर्णयअनुसार डीपीआर बनाएर काम अगाडि बनाएका छौं । इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले डिपो बनाउन डिजाइन गरेर दिनेछ । सार्वजनिक खरिद ऐनअनुसार निगम अगाडि बढ्छ ।’
इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकका सहप्रध्यापक नारायणप्रसाद गौतमले हवाई इन्धन डिपो सिनामंगललाई स्थानन्तरण गर्नको लागि एपीआईको स्ट्याण्डरअनुसार गुणस्तरिय डीपीआर बनाउने प्रतिवद्धता जनाए । उनले नेपालमा पहिलो पटक अटोमेसनबाट डिपो सञ्चालन हुनेगरी डिजाइन बनाउने सोच रहेको र त्यहीअनुसार सम्झौता गरिएको बताए । उनले इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले गौरवका आयोजनाहरुको पनि डिजाइन गरिसकेको बताए । उनले मुलपानी क्रिकेट स्टेडियमको डिजाइन अन्तिम चरणमा पुर्याएर पेस गरिसकेको बताए । उनले विगतमा विल्डिङ बनाउँदै गएपनि अब नयाँ कामहरु गरिरहेको बताए । उनले आयल निगममा धेरै आयोजनाहरुमा कन्सल्टेन्सी सेवा पुल्चोकले काम गरिहेको पनि बताए ।
उनले भने,‘इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले गौरवका आयोजनाहरुको पनि डिजाइन गरिसकेको छ । मुलपानी क्रिकेट स्टुडियमको डिजाइन अन्तिम चरणमा पुर्याएर पेस गरिसकेका छौं । विराटनगरमा पनि क्रिकेट स्टुडियमको डिजाइन गरेर पेस गरेका छौं । विगतमा विल्डिङ बनाउँदै गएका थियौं भने अहिले नयाँ कामहरु गरिरहेका छौं । आयल निगममा धेरै आयोजनाहरुमा कन्सल्टेन्सी सेवा पुल्चोकले काम गरिहेको छ । हवाई इन्धन डिपो सिनामंगललाई स्थानन्तरण गर्नको लागि एपीआईको स्ट्याण्डरअनुसार गुणस्तरिय डीपीआर तयार बनाउँछौं । नेपालमा पहिलो पटक अटोमेसनबाट डिपो सञ्चालन हुने गरी डिजाइन बनाउने सोच बनाएका छौं । त्यहीअनुसार सम्झौता गरेका छौं ।’
सिनामंगलको घना बस्तीबीच अति जोखिम अवस्थामा रहेको हवाई इन्धन डिपो सारिने भएको छ । ५० वर्षअघि निर्माण भएको यो डिपो जोखिमका दृष्टिकोणले अनुपयुक्तका साथै विमानस्थल विस्तारको क्रममा ‘ट्याक्सी वे’ र ‘ट्याक्सी वे स्ट्रिप’ को निर्माणसमेत हुन लागेकाले सार्न लागिएको निगमले जनाएको छ । तत्कालीन समयमा निर्माण भएको यो डिपोले अहिलेको विश्वस्तरीय सुरक्षाको मापदण्ड र सुविधा दिन न सकेकाले अहिलेको मापदण्ड अनुसार नयाँ स्थानमा सारेर अत्याधुनिक सुविधासहित निर्माण गर्न लागिएको हो। डीपीआर गर्नको लागि ६ महिनाको समय तोकिएको छ । निगमको सञ्चालक समितिले डीपीआर गर्न र डीपीआर गर्न लाग्ने खर्च १ करोड ९८ लाख रुपैयाँ विनियोजनसहित निर्णय गरेपछि डिपो सार्ने विषयअघि बढेको हो । डीपीआर तयार भएपछि निगमले उक्त प्रतिवेदन स्वीकृत गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने छ ।