arrow

टेष्ट क्रिकेटमा भारतको अधोगति जारी, अष्ट्रेलियासँग डेढ सय रनमै समेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
rishav-pant-24-11-22.jpg

काठमाडौँ । भारत र अष्ट्रेलिया बीचको बोर्डर गावस्कर ट्रफी (बीजीटी) मा भारतले कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।

पर्थमा भइरहेको पहिलो टेष्टमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले एक सय ५० रनमात्र बनाएको छ । 

भारतका लागि डेब्यु खेलाडी नितिशकुमार रेड्डीले ५९ बलमा ४१ रन बनाए । त्यसतै ऋषभ पन्तले ७८ बलमा ३७ रन जोडे । साथै केएल राहुलले २६ रन बनाए भने ध्रव जुरेलले ११ रन जोडे । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर खडा गरेनन् । 

नियमित कप्तान रोहित शर्मा बिना जसप्रित बुमराहको कप्तानीमा मैदानमा उत्रिएको भारतका लागि भरपर्दा ब्याट्सम्यान विराट कोहलीले केबल ५ रनमात्र बनाए । 

४९.४ ओभरमै भारतलाई अलआउट गर्ने क्रममा जोश हाज्लेवुडले ४ तथा मिचेल स्टार्च, पाट कमिन्स र मिचेल मार्शले २–२ विकेट लिए । 

निरन्तर हारको सामना गरेको भारत पहिलो पटक विश्व टेष्ट च्याम्पियनशिपको फाइनल प्रवेशको सम्भावनाबाट टाढिएको छ । 
 



नयाँ