arrow

सरेको सर्‍यै भयो एमालेलाई दिएको जग्गा दान विरुद्धको रिट, आज हेर्न नभ्याइनेमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
uml-pm-kp-oli-min-bahadur-gurung-plot.jpg

काठमाडौँ । व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दान विरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको सो रिट आज हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि नै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रक्रिया अघि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको यस रिटमा त्यसले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि मुद्दाका दुवै पक्षलाई आज बोलाइएको थियो ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै गत असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए ।

सत्तारुढ दलसमेत रहेको एमालेले यसरी जग्गा दान लिनु कानून विपरीत भएको भन्दै अधिवक्ता डा ज्ञानबहादुर बस्नेत लगायतले रिट दायर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ