arrow

बुमराहको कप्तानीमा जादू, अष्ट्रेलिया पर्थमा भारत भन्दा निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
jasprit-bumrah-24-11-22.jpg

काठमाडौँ । भारत र अष्ट्रेलिया बीचको बोर्डर गाबस्कर ट्रफी (बीजीटी) टेष्ट क्रिकेटमा दुवै टिमले कमजोर ब्याटिङ गरेका छन् । 

पर्थमा भइरहेको पहिलो टेष्टमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले एक सय ५० रनमात्र बनायो । 

भारतका लागि डेब्यु खेलाडी नितिशकुमार रेड्डीले ५९ बलमा ४१ रन बनाए । त्यसतै ऋषभ पन्तले ७८ बलमा ३७ रन जोडे । 

साथै केएल राहुलले २६ रन बनाए भने ध्रव जुरेलले ११ रन जोडे । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर खडा गरेनन् । 

नियमित कप्तान रोहित शर्मा बिना जसप्रित बुमराहको कप्तानीमा मैदानमा उत्रिएको भारतका लागि भरपर्दा ब्याट्सम्यान विराट कोहलीले केबल ५ रनमात्र बनाए । 

४९.४ ओभरमै भारतलाई अलआउट गर्ने क्रममा जोश हाज्लेवुडले ४ तथा मिचेल स्टार्च, पाट कमिन्स र मिचेल मार्शले २–२ विकेट लिए । 

जवाफमा भारतले बुमराहको जादू चलेसँगै अष्ट्रेलियामाथि झन् दबाब बनाएको छ । अष्ट्रेलियाले पहिलो दिनको समाप्तिसम्म २७ ओभर खेल्दा ७ विकेट गुमाएर ६७ रनमात्र बनाएको छ । 

एलेक्स क्यारी सर्वाधिक १९ रन बनाएर अविजित छन् । दोस्रो दिन उनलाई ६ रनमा अविजित रहेका मिचेल स्टार्चले साथ दिनेछन् ।

भारतका लागि कप्तान बुमराहले १७ रन खर्चेर ४ विकेट लिएका छन् । त्यस्तै मोहम्मद सिराजले २ तथा डेब्यु खेलाडी हर्षित रानाले १ विकेट लिएका छन् । 

निरन्तर हारको सामना गरेको भारत पहिलो पटक विश्व टेष्ट च्याम्पियनशिपको फाइनल प्रवेशको सम्भावनाबाट टाढिएको भए पनि आजको प्रदर्शनले भने असम्भव नतिजा पनि सम्भव हुन सक्ने सम्भावना उत्तिकै देखाएको छ । 
 



नयाँ