arrow

बुमराहको कप्तानी इनिङ्सले अष्ट्रेलिया १०४ रनमै अलआउट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ८ शनिबार
india-test-bumraha-24-11-23.jpg

काठमाडौँ । भारत र अष्ट्रेलिया बीचको बोर्डर गाबस्कर ट्रफी (बीजीटी) मा घरेलु मैदानमै अष्ट्रेलियाले कमजोर प्रदर्शन गरेको छ । 

अष्ट्रेलिया पर्थमा जारी खेलको पहिलो इनिङ्समा १०४ रनमै अलआउट भएको छ । मिचेल स्टार्चले सर्वाधिक २६ रन बनाएको इनिङ्समा मार्नसस लाबुसांगेले अचम्मको रेकर्ड बनाएका छन् । उनले ५२ बल खेलेर मात्र २ रन बनाए । 

भारतका लागि कप्तानी इनिङ्स खेल्ने क्रममा जसप्रित बुमराहले ३० रन दिएर ५ विकेट लिए । त्यस्तै डेब्यु खेलाडी हर्षिात रानाले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । 

भारतले पहिलो इनिङ्समा ४६ रनको अग्रता लिएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले एक सय ५० रनमात्र बनायो । 

भारतका लागि डेब्यु खेलाडी नितिशकुमार रेड्डीले ५९ बलमा ४१ रन बनाए । त्यसतै ऋषभ पन्तले ७८ बलमा ३७ रन जोडे । 

साथै केएल राहुलले २६ रन बनाए भने ध्रव जुरेलले ११ रन जोडे । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर खडा गरेनन् । 

नियमित कप्तान रोहित शर्मा बिना जसप्रित बुमराहको कप्तानीमा मैदानमा उत्रिएको भारतका लागि भरपर्दा ब्याट्सम्यान विराट कोहलीले केबल ५ रनमात्र बनाए । 

४९.४ ओभरमै भारतलाई अलआउट गर्ने क्रममा जोश हाज्लेवुडले ४ तथा मिचेल स्टार्च, पाट कमिन्स र मिचेल मार्शले २–२ विकेट लिए । 

निरन्तर हारको सामना गरेको भारत पहिलो पटक विश्व टेष्ट च्याम्पियनशिपको फाइनल प्रवेशको सम्भावनाबाट टाढिएको भए पनि यो प्रदर्शनले भने असम्भव नतिजा पनि सम्भव हुन सक्ने सम्भावना उत्तिकै देखाएको छ । 
 



नयाँ