- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारत र अष्ट्रेलिया बीचको बोर्डर गाबस्कर ट्रफी (बीजीटी) क्रिकेटको पहिलो टेष्टमा अष्ट्रेलिया पराजय नजिक पुगेको छ ।
घरेलु मैदान पर्थमा जारी खेलमा अष्ट्रेलिया कप्तान जसप्रित बुमराहको बलिङ सामु टिक्न नसकेपछि हारको संघारमा पुगेको हो ।
खेलमा बुमराहको शानदार बलिङले अष्ट्रेलिया पहिलो इनिङ्समा १०४ रनमै अलआउट भयो । मिचेल स्टार्चले सर्वाधिक २६ रन बनाएको इनिङ्समा मार्नसस लाबुसांगेले अचम्मको रेकर्ड बनाए । उनले ५२ बल खेलेर मात्र २ रन बनाए ।
भारतका लागि कप्तानी इनिङ्स खेल्ने क्रममा बुमराहले ३० रन दिएर ५ विकेट लिए । त्यस्तै डेब्यु खेलाडी हर्षिात रानाले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए ।
भारतले पहिलो इनिङ्समा ४६ रनको अग्रता लियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले एक सय ५० रनमात्र बनायो ।
भारतका लागि डेब्यु खेलाडी नितिशकुमार रेड्डीले ५९ बलमा ४१ रन बनाए । त्यसतै ऋषभ पन्तले ७८ बलमा ३७ रन जोडे ।
साथै केएल राहुलले २६ रन बनाए भने ध्रव जुरेलले ११ रन जोडे । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर खडा गरेनन् ।
नियमित कप्तान रोहित शर्मा बिना जसप्रित बुमराहको कप्तानीमा मैदानमा उत्रिएको भारतका लागि भरपर्दा ब्याट्सम्यान विराट कोहलीले केबल ५ रनमात्र बनाए ।
४९.४ ओभरमै भारतलाई अलआउट गर्ने क्रममा जोश हाज्लेवुडले ४ तथा मिचेल स्टार्च, पाट कमिन्स र मिचेल मार्शले २–२ विकेट लिए ।
जवाफमा भारतले दोस्रो इनिङ्समा शानदार कमब्याक गर्दै ६ विकेटको क्षतिमा ४८७ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो ।
यशस्वि जैसवालले १६१ रन बनाए । त्यस्तै विराट कोहलीले १४३ बलमा अविजित रहँदै सय रन बनाए ।
उनको यो टेष्टको तीसौँ शतक हो । उनले सर डन ब्रेडम्यानको शतकलाई उछिनेका छन् । ब्रेडम्यानले २९ शतक बनाएका थिए ।
केएल राहुलले पहिलो विकेटका लागि २०१ रनको साझेदारी गर्ने क्रममा ७७ रन बनाए ।
५३४ रनको लक्ष्यसहित मैदानमा उत्रेको अष्ट्रेलियाले तेस्रो दिनको समाप्तिसम्म ४.२ ओभर खेल्दा ३ विकेट गुमाएर १२ रनमात्र बनाएको छ ।
बुमराहले २.२ ओभरमा १ मेडन राख्दै १ रन खर्चेर २ विकेट लिएका छन् । त्यस्तै सिराजले ७ रन खर्चेर १ विकेट लिएका छन् ।
अष्ट्रेलियालाई जितका लागि ५२२ रनको आवश्यकता छ । तर उसका ७ विकेटमात्र बाँकी छन् ।
यो खेलमा बुमराहले ३१ रन खर्चेर ७ विकेट लिइसकेका छन् ।
निरन्तर हारको सामना गरेको भारत पहिलो पटक विश्व टेष्ट च्याम्पियनशिपको फाइनल प्रवेशको सम्भावनाबाट टाढिएको भए पनि यो प्रदर्शनले भने असम्भव नतिजा पनि सम्भव हुन सक्ने सम्भावना उत्तिकै देखाएको छ ।