arrow

जाडो मौसमलाई लक्षित गर्दै सिजी ब्राण्डका नयाँ विन्टर प्रोडक्टसहरु सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
cg-meridia-winter-signature-series.jpg

काठमाडौं। जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै नेपालकै सबैभन्दा ठुलो ब्राण्ड सिजीले आफनो नयाँ विन्टर प्रोडक्टसहरु सार्वजनिक गरेको छ। झनझन जाडो बढेसँगै आफु र आफनो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सिजीको हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, एसि इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराइएको छ।

जाडो मौसममा तातो पानि पिउन सिजि र सिजि मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानि तातो राख्नलाई थर्मस तथा भ्याकुम फल्याक्स पनि उपलब्ध गराइएको छ। त्यसैगरि सिजिद्वारा बजारमा सर्वत्र उपलब्ध गराइ आएको ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फयानको प्रयोग गरि जाडोमा पनि तातो रहन सहज बनेको छ।

साथै, मोटरमा १० वर्षको वारेन्टि भएको सिजिको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने भएको छ। अन्ततः सिजि र सिजि मेरिडियाको गिजरको प्रयोग गरि तातो पानिले नुहाउँदा आनन्द महसुस हुनका साथै एसिको प्रयोग गरि न्यानो रहन पनि सहज हुने कम्पनीले जनाएको छ।

सिजिले आफना विन्टर प्रोडक्टसहरु, जस्तै, वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टि दिँदै आएको छ।

जाडोमा न्यनोपनको अनुभूति गर्न, एवम चिसो मौसमबाट बच्न आजै आफनो नजिकैको सि.जी स्टोरमा गएर अथवा घरै बसि बसि सिजीको वोइब साइटबाट सिजीका नयाँ विन्टर प्रोडक्टसहरु खरिद गर्न सकिने कम्पनीले भनेको छ। 



नयाँ