arrow

दुर्गा प्रसाईंलाई सर्वोच्चबाट लगियो वीर अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
durga-pasai-arrest-81-8-4t.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । विवादास्पद मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगिएको छ । साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।

कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरण सहितका अभियोगमा अनुसन्धानका लागि केही दिनअघि पक्राउ परेका प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

प्रसाईं पक्राउ गरेपछि उनका छोरा नीराजन प्रसाईंले गत मंसिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । निवेदनमा प्रसाईंलाई गैरकानूनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए । 

सो निवेदनका आधारमा उनलाइ सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।  

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ