arrow

सवारी दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
Accident-sign.jpg

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको  सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक  ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको हो । 

निजलाई विपरीत दिशाबाट आएको जीपले ठक्कर दिएको थियो । 

जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  



नयाँ