arrow

मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै

मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाए प्रधानमन्त्रीले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
kp-oli-07-24.jpg

काठमाडौँ ।  सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदैछ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन् । 

प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

सरकारले गरेका काम कारबाहीहरु, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ । 



नयाँ