मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय हुँदै
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
354
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।
बैठकमा चीन भ्रमणका एजेन्डा बारेमासमेत छलफल हुनेछ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् ।