arrow

ताप्लेजुङमा केबलकार निर्माणमा  अवरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
taplejung-cablecar-abarodh-.jpg

ताप्लेजुङ । ताप्लेजुङमा केबलकार निर्माण कार्यमा भएको अवरोध बझै हटेको छैन ।  ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य अघि बढाउँदा तनाव भएको हो ।

गत कार्तिक २३ गते संविधान सभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको शुरुआती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गरेका थिए ।

तर उक्त केबलकार निर्माणको विरोधमा रहेका समूह प्रतिकारमा उत्रिँदा तनाव भएको थियो । शिलान्यास कार्यक्रम सुरु भएलगत्तै विरोधमा उत्रिएका समूहका सदस्यले प्रतिकार गरेका थिए । उनीहरूले शिलान्यास कार्यक्रम रोक्न ढुंगामुढा पनि गरेका थिए ।

दुवै पक्षबीच झडपका क्रममा कम्तीमा पाँच जना घाइते भएका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरेर केबल कार निर्माणको शिलान्यास गरिएको थियो ।

उक्त कार्यको माओवादी केन्द्रको एक समूहले विरोध प्रदर्शन गरेको थियो । उनीहरुले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

केबलकार कम्पनी नेपालका प्रमुख व्यापारी चन्द्रप्रसाद ढकालको स्वामित्वमा रहेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्रदेखि पाथीभरा मन्दिरसम्म केबलकार प्रस्ताव गरिएको छ । निजी कम्पनी ‘हिमालय कन्स्ट्रक्सन कम्पनी’ हो । 

यसअघि केबलकार निर्माण हुने क्षेत्र रूखहरू हटाइएको थियो । लामो समयदेखि पाथीभरमा केबलकार निर्माण रोक्न माग गर्दै आदिवासी जनजातिहरूको एउटा समूह आन्दोलित छ । उक्त समूहले रुख काटिएका स्थानमा वृक्षारोपण अभियान नै चलाएको छ ।

ताप्लेजुङको पाथिभरा मुकुलुङ क्षेत्र आदिवासी लिम्बूहरूको पवित्र धार्मिकस्थल रहेकाले त्यहाँ कुनै निजी कम्पनीलाई नाफाका लागि केबलकार निर्माण गर्न नहुने आवाज उठिरहेको छ ।

लिम्बूहरूको धार्मिक आस्थाको धरोहर मुकुलङमा जथाभावी वन फँडानी भएको भन्दै विरोध भइरहेको छ । काम निरन्तर अघि बढे १५ महिनाभित्र केबलकार चढेर पाथीभर जान पाइने बताइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ