arrow

एक वर्षमै बेलायतमा नौ लाख आप्रवासी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
belayat-england-airport.jpg

लन्डन । गत वर्ष बेलायतमा आप्रावासीको संख्या ९ लाख नाघेको छ । जसका कारण भिसा नियमहरूले आगमनको संख्या घटाउन थालेको एउटा तथ्याङ्कले देखाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको बिहीबारको तथ्याङ्कले ९ लाख ६ हजार आप्रावासी विगत १२ महिनादेखि जुन २०२३ सम्म पुगेको हो ।  सन् २०२४ को जुनसम्मको रेकर्ड उच्च रहेको सङ्ख्या २० प्रतिशतले घटेर ७, २८,००० पुगेको ओएनएसले बताएको छ । 

भिसा नियमहरू परिवर्तन भएपछि अध्ययन भिसामा आउने आश्रितहरूको सङ्ख्या भने अहिले घटेको छ । बेलायतका मतदाताहरू, जसको कुल जनसंख्या लगभग ६८ मिलियन छ,  उनीहरूले चिन्ता व्यक्त गरेका छन् कि यति ठूलो संख्यामा भएको आगमनले आवासको प्रकिया बिग्रन सक्छ र सार्वजनिक सेवाहरूमा थप तनाव ल्याउन सक्छ।

 २०१६ मा बेलायतले युरोपेली संघ छोड्ने घटना कारण पनि यति धेरै संख्या बढ्नुको एक कारण मानिएको छ । तर स्वास्थ्य सेवा जस्ता क्षेत्रमा रोजगारदाताले विदेशी कामदारविना काम गर्न नसक्ने बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ