arrow

दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
durga-pasai-arrest-81-8-4t.jpg

काठमाडौँ । विवादास्पद मेडिकल ब्यवसायी थप ५ दिन हिरासतमा बस्ने भएका छन् । काठमाडौँ जिल्ला अदालतले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा उनी गत मंसिर ४ गते पक्राउ परेका थिए। यसअघि मंसिर ५ गते प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेश गरिएको थियो।

त्यतिबेला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसपछि मंसिर ९ आइतबार अदालतले दोस्रो पटक ५ दिनको म्याद थप गरेको थियो।

५ दिनको म्याद सकिएपछि शुक्रबार प्रसाईंलाई पुनः अदालतमा पेश गरिएकोमा ५ दिन म्याद थप भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ