arrow

पेट्रोलियम पदार्थमा नयाँ मूल्य

बढ्यो पेट्रोलको भाउ 

उपभोक्तालाई ध्यानमा राखेर एलपी ग्यास र मट्टितेलको भाउ बढेर आए पनि यथास्थितिमा राखियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । 

इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ दरअनुसार निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर १५ अमेरिकी डलर बढाएको छ । 

पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । 

साथै एलपीजी ग्यास प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले बढेर आए पनि उपभोक्ताको हितका लागि भन्दै पुरानै दर राखिएको छ । 

त्यस्तै मट्टितेलको भाउ पनि १ रुपैयाँ ७४ पैसा बढेर आए पनि साविककै बनाइएको छ । डिजेलमा प्रतिलिटर १८ पैसा घटेर आए पनि निगमले यथास्थितिमा राखेको छ । 
 

नयाँ दर शनिबार राति १२ बजेर १ मिनेटदेखि लागू हुनेछ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ