arrow

एकचालीस पदका लागि भएको उपनिर्वाचनमा ६२ प्रतिशत मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
election-81-8-16p.jpg
तस्बिर– कीर्तिपुर नगरपालिकामा मतदान सम्पन्न भएपछि मतगणनाका लागि निर्वाचन आयोग, राजनीतिक खलका प्रतिनिधि र सुरक्षाकर्मीले मतपेटिका पोको पार्दै, रासस ।

काठमाडौँ ।  स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षसमेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । आयोगले तोकेको समय सीमा सकिएको र देशभरका उपनिर्वाचन भएका स्थानमा मतपेटीका संकलनलगायतको काम भइरहेको जनाएको छ। 

मत पेटिका संकलनपछि मतगणनाको काम शुरु हुने आयोगले जनाएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । 

यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ