arrow

डोटीको पूर्विचौकी-६ मा कांग्रेसले जोगायो पद, थापा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
mohan-thapa.jpg

काठमाडाैँ। डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय भएका छन् । उपनिर्वाचनमा उनले चार सय ६८ मत प्राप्त गरी विजयी भए ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवबहादुर थापाले तीन सय एक मत प्राप्त गरे ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी कुमारी खड्का (कुँवर) ले ३१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवीलाल थापाले २६ मत प्राप्त गरे ।

निर्वाचन कार्यालयका अनुसार १३ मत बदर भएको छ । कूल एक हजार पाँच सय ९३ मतदाता रहेको वडामा आठ सय ३९ मत खसेको थियो ।

यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ