arrow

तोलाको एक हजारले बढ्यो सुनको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य उकालो लागेको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार  रुपैयाँले उकालो लागेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको  हो ।  महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा  कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ