arrow

दुर्गा प्रसाईको हिरासत समय चार दिन लम्बियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
durga-prasai-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । विवादास्पद मेडिकल ब्यवसायी दुर्गा प्रसाई थप चार दिन हिरासतमा रहने भएका छन् । राष्ट्रिय, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका हुन् । 

मंगलबार जिल्ला अदालत, काठमाडौँले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको छ । अब उनी कम्तीमा पनि मंसिर २१ सम्म हिरासतमा नै रहने भएका छन् । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद दस्तावेज सार्वजनिक गरे पछि नेपाल प्रहरीको सीआईबीले उनलाई गत मंसिर ४ गते पक्राउ गरेको थियो ।

साइबर अपराध अभियोगमा पक्राउ परेका उनको पक्राउ गैरकानूनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हाले पनि खारेज भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ