काठमाडौँ । स्थानीय बजारमा लगातार दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य बुधबार तोलामा एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार एक हजार रुपैयाँले बढेको सुन बुधबार एक सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी तोलामा २० रुपैयाँ बढेर एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी ३० रुपैयाँले बढेको थियो ।