arrow

दुई दिनमा तोलाको एघार सयले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । स्थानीय बजारमा लगातार दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य बुधबार तोलामा एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार एक हजार रुपैयाँले बढेको सुन बुधबार एक सय रुपैयाँले बढेको हो । 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदी तोलामा २० रुपैयाँ बढेर एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी ३० रुपैयाँले बढेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ