नोबेल पुरस्कार विजेता मोहम्मदीको स्थायी रिहाइको माग
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
1.5k
Shares
काठमाडौँ । तेहरानले स्वास्थ्यका आधारमा तीन हप्ताका लागि रिहा गरेपछि नर्वेको नोबेल समितिले बुधबार इरानलाई जेलमा रहेकी शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई स्थायी रूपमा रिहा गर्न आग्रह गरेको छ ।
बाउन्न वर्षीया मोहम्मदीलाई इरानले मृत्युदण्डको व्यापक प्रयोग र महिलाहरूका लागि अनिवार्य ड्रेस कोडको विरूद्ध सक्रिय अभियान चलाएकामा बारम्बार मुद्दा चलाएर र जेलमा हालेको छ ।
उनका वकिलले बुधबार सामाजिक सञ्जालमा उनलाई ‘ट्युमर हटाउने र हड्डी प्रत्यारोपण गरेको तीन हप्तापछि’ स्वास्थ्य लाभका लागि मुक्त गरिएको घोषणा गरे ।
मुख्य रूपमा इरानमा महिलामाथि हुने उत्पीडन विरुद्धको लडाइँका लागि सन् २०२३ मा मोहम्मदीले नोबेल शान्ति पुरस्कार जितिन् । त्यस समयमा उन जेलमा भएकाले सन्तानले उनको तर्फबाट पुरस्कार प्राप्त गरेका थिए ।
“उनलाई उपचारका लागि २१ दिनका लागि जेलबाट मात्र होइन, सदाका लागि रिहा गरिनु पर्छ भनेर हामीले पहिले जस्तै माग गरेका छौँ”, नोबेल समितिका प्रमुख जोर्गन वाटने फ्राइड्नेसले भने, “शासन र नर्वेली नोबेल समितिसहित बाहिरी संसारको दबाबको परिणामस्वरूप एक दिन उनको रिहाइ हुनेछ भन्ने हामीलाई आशा छ ।”
उनले भने,, “उनको अवस्था गम्भीर छ, सम्भवतः क्यान्सर छ”, उनले भन्नुभयो, “मुद्दा निस्सन्देह, यी २१ दिन सम्भवतः पर्याप्त उपचारका लागि पर्याप्त छैन ।”
फ्रिडनेसले समितिले उनको २१ दिनको रिहाइको समयमा ‘उनलाई डिजिटल रूपमा भेट्ने’ र ‘भविष्यमा कुनै समय... नरगिसलाई व्यक्तिगत रूपमा भेट्ने र कुरा गर्ने’ आशा गरेको बताए ।